बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्राथमिक स्वास्थ्य केन्द्रलाई ४२ लाखको उपकरण सहयोग

सोमबार, ०२ माघ २०७९, ०६ : ४२
सोमबार, ०२ माघ २०७९

अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट उपकरण खरिद गरेर उपलब्ध गराएको हो ।

रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दरवाङका अध्यक्ष थमन गौतमले जानकारी दिए । उनका अनुसार ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको हो ।

लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोका मार्फत केन्द्रका प्रमुख डाक्टर विजय शर्मालाई औजार हस्तान्तरण गरेका थिए ।लायन्स क्लबका एरिया कोअर्डिनेटर राजन लम्साल, लिमिडाइट पास्ट मल्टीपल काउन्सिल अध्यक्ष मनबहादुर रोका र डिस्ट्रिक गर्भनर राम बसेलले उपकरण हस्तान्तरण गरेका थिए । प्राप्त उपकरणबाट बिरामीको उपचारमा सहज हुने अस्पतालका डाक्टर शर्माले बताए । 

 प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिँदै उपकरणको प्रयोग गरेर नागरिकलाई सहजरुपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरे । 

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राथमिक उपचार केन्द्र दरवाङलाई स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी भएको बताए । क्लबले उपलब्ध गराएको उपकरण अस्पताल सञ्चालनका लागि सहयोगी हुने अध्यक्ष गर्बुजाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप