आजको मौसम : हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागमा हुस्सु / कुहिरो लागेको छ।
हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाको अनुरोध छ।
महाशाखाका अनुसार सोमवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै मंगलवार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रस्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल