विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
आइतबार, ०१ माघ २०७९, २२ : ४३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्ः ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६८ जनाको शव फेला परेको भए पनि ४ जनाको अझैँ बेपत्ता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन