क्रिस्टलमाथि चेल्सीको जित
आइतबार, ०१ माघ २०७९, २१ : ५८
![क्रिस्टलमाथि चेल्सीको जित](https://npcdn.ratopati.com/media/news/chelsi_lYaeY958AF.png)
एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ६५ औं मिनेटमा हाभर्ट्जले हाकिम जिएचको पासमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाएका हुन् । जितसँगै चेल्सीले १९ खेलमा २८ अंक जोडेर तालिकाको १० औं स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा छ ।
आज नै भएको अर्को खेलमा न्युकासल युनाइटेडले फुलहममाथि १–० गोलको जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
-
५ जना मृतावस्थामा फेला
-
सांसद अग्रहरी भन्छिन् : ६ महिनादेखि निरन्तर सरकारलाई सराप्ने काम भयो
-
सुरु भयो फिल्म ‘पीआर’को छायाङ्कन
-
एडल्ट ड्रामा ‘दु:खी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
-
८ करोडभन्दा बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन