सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
दुर्घटनाको कारण बारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने उनको विश्वास छ । उपराष्ट्रपति पुनले आयोगले दिने प्रतिवेदनलाई तदारुकता साथ कार्यान्वयन गरेर सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन् ।
उपराष्ट्रपति पुनले आज एक शोक वक्तव्य जारी गरी बिहान गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र उक्त दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको जनाएका छन् । उनले भनेका छन्, “नेपालको आन्तरिक उडानकै सबैभन्दा ठूलो मानवीय क्षति हुने गरी भएको पोखरा विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु, दुर्घटनामा परी ज्यान गुमाउनुभएका चालक दलका सदस्य एवं यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”
पोखरा हवाई दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति पु¥याएको उनको भनाइ छ । गत जेठमा मात्रै गण्डकी प्रदेशकै मुस्ताङमा विमान दुर्घटना भएको थियो । नेपालमा पटकपटक हुने यस्ता दुर्घटनाले हाम्रो हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको र यस्ता दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै