रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
आज २०७९ माघ १ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना, विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन, धन्न त्यो विमानमा गएनन् गायक पशुपति शर्मा, विमान दुर्घटनाले रोकियो मन्त्रिपरिषद विस्तार, को–पाइलट अञ्जुको सपना अधुरै, विमान दुर्घटनाको सत्यतथ्य छानबिन गरी सुरक्षा सतर्कता अपनाउन माग लगायत छन् ।
१. पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरणको तयारीमा रहेको अवस्थामा दुर्घटना भएको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।
२. विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन
सरकारले पोखरमा भएको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ । आइतबार विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन आयोग गठन गरेको हो । विमान दुर्घटनामा मृत्यु भएकाप्रति शोक प्रकट गर्न सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
३. विमान दुर्घटनाप्रति दुःख व्यक्त
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएकोमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि विभिन्न दलका नेताले दुःख व्यक्त गरेका छन् ।
४. धन्न त्यो विमानमा गएनन् गायक पशुपति शर्मा
आइतबार पोखरामा दुर्घटना भएको विमानमा धन्न गायक पशुपति शर्मा सवार थिएनन् । शर्माका अनुसार उनी सोही विमानबाट पोखरा जाने तयारीमा थिए । तर विशेष काम परेकाले उनी दुई दिन अघि नै पोखरा पुगेका थिए ।
५. विमान दुर्घटनाले रोकियो मन्त्रिपरिषद विस्तार
आइतबार पोखरामा विमान दुर्घटना भएपछि मन्त्रिपरिषद विस्तारको तयारी रोकिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारको सम्पूर्ण ध्यान उद्धारतर्फ केन्द्रित भएकाले आइतबार हुने भनिएको मन्त्रिपरिषद विस्तार रोकिएको हो ।
६. को–पाइलट अञ्जुको सपना अधुरै
कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । उनका पतिको केही वर्षअघि भएको विमान दुर्घटनामा मृत्यु भएको थियो । पतिको सपना पूरा गर्न उड्डयन क्षेत्रमा प्रवेश गरेकी अञ्जु पाइलट बन्ने तयारीमा थिइन् । को–पाइलटका रुपमा अन्तिम उडानमा रहेकी उनी त्यसपछि पाइलट बन्ने निश्चित थियो तर त्यसअघि नै उनी विमान दुर्घटनामा परिन् ।
७. विमान दुर्घटनाको सत्यतथ्य छानबिन गरी सुरक्षा सतर्कता अपनाउन माग
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि विभिन्न संस्था तथा व्यक्तिले दुर्घटनाको वास्तविकता पत्ता लगाएर हवाई सुरक्षा सतर्कता बढाउन सरकारसँग माग गरेका छन् । जततउकस्ररधधध।चबतयउबतष्।
८. मधेसमा सर्वदलीय सरकार गठनका लागि मुख्यमन्त्री सकारात्मक
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वदलीय सरकार गठनका लागि आफू सकारात्मक रहेको बताएका छन् । उनले कांग्रेसलाई पनि सरकारमा सामेल गराउन आफू तयार रहेको बताएका हुन् ।
९. माघे संक्रान्ति मनाइयो
आइतबार माघे संक्रान्ति मनाइएको छ । थारु समुदायले भने माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । राजधानी रहेका थारु समुदायले माघी पर्वका अवसरमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।
१०. र यो पनि,
जनमत पार्टीले आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति लागू गरेको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका धुम्बाराही स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने