फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
![फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन](https://rpcdn.ratopati.com/media/albums/health-ministry--swasthya-m_RHv84RB7de_ZgZDUuduz9.jpg)
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हव अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
उनले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, हव अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिए । मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको र थप समन्वयका लागि तथा सहयोगका लागि पोखरास्थित अन्य मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि समन्वय गरिएको जनाएको छ ।
सहप्रवक्ता डा.अधिकारीले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा एक प्रतिनिधि दुर्घटना स्थलमा आवश्यक समन्वयका लागि खटाइएको साथै उपचार तथा शव व्यवस्थापनका लागि हव तथा सेटेलाइट अस्पतालसँग समन्वय गरिएको बताए । आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको ७२ जना सवार यती एयरलायन्सको विमान सेती नदीको खोचमा दुर्घटना हुँदा सवार ६८ निधन भएको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रयोगमा नआई खण्डहर बन्दै तीन करोडको दलित आवास भवन
-
फिक्कल–नयाँबजार सडक कालोपत्र
-
घरजग्गा रजिस्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व
-
अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न कठायतको माग
-
बलात्कार आरोपी शिक्षकलाई कडा कारबाही गर्न माग
-
उद्योग मन्त्रीलाई कांग्रेसले बुझायो १७ बुँदे मागपत्र