भारतको विश्व कीर्तिमानी जीत, विराटको ४६ औँ शतक

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ । भारतले यस मामिलामा न्युजिल्याण्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् २००८ मा किवी टोलीले आयरल्याण्डलाई २९० रनले हराएको थियो ।
भारतको जितका हिरो बने विराट कोहली, शुभमन गिल र मोहम्मद सिराज । विराटले नटआउट रहेर १६६ रनको इनिङ खेल्दै आफ्नो ४६ औं ओडीआई शतक बनाए। योसँगै शुभमन गिलले ११६ रन बनाए । भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रनको विशाल स्कोर बनाएको थियो ।
जवाफमा श्रीलंकाले २२ ओभरमा ९ विकेट गुमाएर ७३ रनमा सिमित भयो । मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए । श्रीलंकाका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
एकदिवसीय क्रिकेटमा भारतीय टोलीको सबैभन्दा ठूलो हार सन् २००० मा श्रीलंकासँग भएको थियो। त्यसपछि श्रीलंकाले टीम इण्डियालाई २४५ रनले हराएको थियो। अब भारतले श्रीलंकालाई सबैभन्दा ठूलो हारको स्वाद चखाएको छ । सन् २००० मा शारजाहमा भएको खेलमा सनथ जयसूर्या (१८९ रन)को शतकको मद्दतमा श्रीलंकाले २९९ रन बनाएको थियो । जवाफमा भारतीय इनिङ्स ५४ रनमा समेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव