एकै स्टेजमा ४ विजेता घोषित

काठमाडौंँ । एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार आगन्तुक रिसोर्ट धुलिखेलमा अबेर साँझ सम्पन्न प्रतियोगिता ‘किड्स प्लानेट इन्टरनेशनल २०२३’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा रिदम दाहालले जुनियर केटा तर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शीर्ष उपाधि इप्सु दाहालले हात पारिन् । त्यस्तै सिनियर केटातर्फ रिनभराज केसी र सिनियर केटीतर्फ योहाना मानन्धर शीर्ष विजेता घोषित भए । कार्यक्रममा रिदमले लिडरसिप, इप्सुले मोष्ट कन्फिडेन्ट, रिनभले पर्नालिटी र याहानाले फोटोजेनिक उप–शीर्षकको उपाधि समेत हात पारे ।
कार्यक्रममा जुनियर केटातर्फ श्रेयान्स मानन्धर फष्ट रनर अप आदर्श बन्जारा सेकेन्ड रनर अप घोषित हुँदा जुनियर केटीतर्फ सिमरन महत फष्ट रनर अप र निर्जला लामा सेकेन्ड रनरअप भए । त्यस्तै सिनियरतर्फ केटातर्फ सक्षम श्रेष्ठ फष्ट रनर अप, रोनिश ब्यान्जु श्रेष्ठ , सेकेन्ड रनर अप घोषित हँुदा सिनियर केटीतर्फ महारानी साह ठकुरी फष्ट रनर अप र प्रिन्सा कुँवर सेकेन्ड रनर अप भए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा संञ्चिता लुईटेल (अभिनेत्री), इन्दु थापा (प्रिन्सिपल (वेलोर इन्टरनेशनल एकडेमी), अशोक पाण्डे (प्रिन्सिपल–सेमरक निस्ट स्कुल), रजना श्रेष्ठ (प्रिन्सिपल–बालबाटिका स्कुल), सञ्जिव महर्जन (निर्देशक –वेभ म्यागजिन), चन्द्र प्रसाद ताजपुरिया (प्रिन्सिपल– प्रगति प्रभात एकडेमी) लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए । डान्स भने संयुक्त स्थापितको थियो ।
प्रतियोगी अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षणसहित फाइनल स्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् । प्रतियोगिताको शीर्ष, फष्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः १० हजार ५ हजार ३ हजार नगदका गिफ्ट भौचरका अलवा अन्तरर्राष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागीको अवसर समेत प्राप्त गरेका छन् । गिफ्ट भौचर एम्वियन्स लाउन्चको तर्फबाट प्राप्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु
-
नाडा अटो शो २०२५ को रजिस्ट्रेसन सुरु
-
नागरिकलाई गुणस्तरीय सेवा दिन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री लामा