फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

एजेन्सी । फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् । भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।
वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबारको प्रतिवेदनमा जनाएको छ । एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ । राज्यको मौसम पूर्वानुमानकर्ता पीएजिएएसएले आइतबार लुजोनको मुख्य टापुको दक्षिणी छेउमा रहेको बिकोल प्रायद्वीप र क्वेजोन प्रान्तमा भारी वर्षाको चेतावनी दिएको छ । “यी अवस्थाहरूमा, बाढी र वर्षा–प्रेरित पहिरोको सम्भावित क्षेत्रहरूमा उच्च जोखिममा रहेका पीएजिएएसएका अधिकारीले जानकारी दिएका छन् ।
८३ हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १२ सय भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । फिलिपिन्स जलवायु परिवर्तनका प्रभावहरूका लागि सबैभन्दा जोखिममा परेका राष्ट्रहरु मध्ये परेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवासी नेपाली सेफहरू 'ग्लोबल स्टार अवार्ड'बाट सम्मानित
-
१० महिनादेखि समितिमा सभापति छैनन्, लेखा समिति सत्ताकै कब्जामा !
-
मधेस प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई लागेको आरोप के हो ?
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को