विमान दुर्घटना अपडेट : ३० शव अस्पतालमा, ३४ जनाको शरीर खोंचमा देखियो
काठमाडौं । पोखरा महानगरपालिका–१७ घारिपाटनस्थित सेतीको खोंचमा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ३० जनाको शव अस्पतालमा पुर्याइएको छ । सुरक्षाकर्मीहरुले दुर्घटनास्थलबाट ३० जनाको शव निकालेर पोखरास्थित गण्डकी अस्पतालमा पठाएका हुन् । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।
दुर्घटनास्थल सेतीको खोंचमा ३४ जनाको शरीर देखिएको छ । सेतीको खाेंचमा देखिएकाहरुलाई उद्दार गर्ने प्रयास भइरहेको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । उनले भने– ‘कठिन भूगोलका कारण उद्दार गर्न त्यति सहज छैन, झोलामार्फत खोंचमा देखिएकाहरुलाई माथि ल्याउने प्रयास गरिरहेका छौं ।’
विमान दुर्घटना भएको खोच आसपासमा ठुलो बस्ती छ । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्य सवार थिए ।
दुर्घटनापछि मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । दुर्घटनाबारे मृतक र घाइतेका परिवारलाई आधिकारिक सूचना दिन कल सेन्टर स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पार्थिव शरीर बुझ्न र लैजान सहजीकरण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री