सीमा विवाद समाधान गर्न चीन र भुटानबीच सहमति

चीन र भुटानबीच सीमा विवाद सुल्झाउन छलफल अघि बढाउन ‘सकारात्मक सहमति’ भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सहमतिलाई लागु गर्ने दिशामा कदम अगाडि बढाइनेछ ।
चीन–भुटान सीमा विवादमाथि ११ औँ विशेषज्ञ समूह बैठक चीनको कुनमिङ सहरमा १० देखि १३ जनवरीसम्म बसेको थियो । यसपछि शुक्रबार दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
भुटान र चीनबीच ४७७ किलोमिटर लामो सीमा रहेको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न २४ चरणको बैठक बसिसकेको छ । दुई देशद्वारा जारी संयुक्त बयानमा समूहको ११ औँ बैठक स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक माहौलमा भएको बताइएको छ । साथै सीमा वार्तालाई तीव्र बनाउन तीन चरणको राडम्यापममा भएको सहमति लागू गर्न विचारहरूको गहन आदानप्रदान भएको उल्लेख छ ।
भुटान र चीनबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । धेरै प्रयासपछि पनि यो विवाद समाधान भने हुन सकेको छैन । चीन र भुटानबीच कूटनीतिक सम्बन्ध स्थापित छैन । तर, सम्पर्क बनाउन दुई देशका अधिकारीबीच भ्रमणहरू भइरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला: मेटमणि चौधरी
-
मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरौँ : सांसद जबरा
-
मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै
-
ठुलो रकम खर्च गरेर आफ्नै पूर्वखेलाडीलाई भित्राउने तयारी गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोना
-
झापामा १५ तोला सुन चोरी
-
पोखरीमा डुबेर दुई जनाको मृत्यु