शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा परी एकै परिवारका ४ जनाको मृत्यु

आइतबार, ०१ माघ २०७९, १५ : ३३
आइतबार, ०१ माघ २०७९

एजेन्सी । तान्जानियाको पूर्वी क्षेत्र मोरोगोरोमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको एक अधिकारीले जनाएका छन् । मोरोगोरो क्षेत्रका किलोसा जिल्ला आयुक्त माजिद म्वाङ्गाले स्थानीय समयानुसार बिहान करिब ९ः२० बजे मोरोगोरो–डोडोमा राजमार्गमा एउटा ट्रकसँग परिवार यात्रा गरिरहेको कार ठोक्किएर दुर्घटना भएको बताएका छन् ।

परिवारका सदस्यहरुमध्ये एउटी आमा र उनको बच्चा बाँचेका तर उनीहरू घाइते भएका म्वाङ्गाले बताएका छन् । सेन्ट जोसेफ हेल्थ सेन्टरका वरिष्ठ मेडिकल अफिसर मनिले कापोन्गोले केन्द्रमा दुई पुरुष, एक केटी र एक बालकसहित चारवटा शव प्राप्त भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप