पोखरा विमान दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
आइतबार, ०१ माघ २०७९, १४ : ५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा परेको हो ।
दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न अध्यक्ष नेपालले सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन आफ्ना पार्टीका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ६८ यात्रु सवार थिए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन