प्रचण्डलाई भ्रमणको निमन्त्रणा दिन भारतीय विदेश सचिव नेपाल आउँदै
आइतबार, ०१ माघ २०७९, १३ : ५२
काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो दिन उनी नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएका छ ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुनसक्ने बताएका थिए । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार सचिव क्वात्रा जनवरीको अन्तिम साता नेपाल आउने छन् ।
नेपालमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर भारत भ्रमणको निमन्त्रणा दिनुको साथै परराष्ट्र सचिवसँग दुई पक्षीय छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड फरवरीको दोस्रो सातासम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ ।
सचिव क्वात्रा यसअघि नेपालकै राजदूत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध