समाचार
यति एयरलाइन्स दुर्घटना : ५३ जना नेपाली, १५ जना विदेशी यात्रु सवार
आइतबार, ०१ माघ २०७९, १३ : ३९
![यति एयरलाइन्स दुर्घटना : ५३ जना नेपाली, १५ जना विदेशी यात्रु सवार](https://npcdn.ratopati.com/media/news/yeti-crash_EFctbnvE7W.jpg)
काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए ।
नागरिक उड्डयन प्राधिकरण अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए । बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए ।
यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नअघि दुर्घटना भएको थियो । विमानस्थललाई हाल बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
-
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री
-
वैदेशिक रोजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न माग
-
नेप्से सूचक १६.२९ अंकले बढ्यो, तर कारोबारमा गिरावट
-
कांग्रेसले मंगलबार गिरिजाप्रसाद कोइरालाका १५१ ऐतिहासिक फोटो प्रदर्शन गर्ने
-
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा