बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार

आइतबार, ०१ माघ २०७९, १३ : २०
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोकगायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।

आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान खसेको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप