बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

धनुषाको २२ क्रसर उद्योग बन्द गराइयो, निर्देशन पालना नगरे सिल गरिने

आइतबार, ०१ माघ २०७९, १२ : २३
आइतबार, ०१ माघ २०७९

जनकपुरधाम । कानून प्रकृया पुरा नगरी विना दर्ता संचालनमा रहेको धनुषाको २२ वटा क्रसर उद्योगहरु बन्द गराइएको छ ।  गृह मन्त्रालयले पुस २० गते निर्देशन दिएसँगै २१ गतेपछि मापदण्ड विपरित संचालनमा आएका अबैध क्रसरहरु तत्काल बन्द गर्न निर्देशन दिएसँगै धनुषा प्रशासनले क्रसर उद्योगहरु बन्द गराएका छन् । 

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार यस जिल्लामा संचालनमा रहेको २ वटा क्रसरहरु पहिलै देखि बन्द अवस्थामा रहेको र बाँकी २० वटा क्रसरहरुको कानूनी कागजातहरु प्रकृया पुरा नगरेको देखिएपछि उक्त उद्योगहरु बन्द गराइएको छ । 

उनले मन्त्रालयको निर्देशन अनुरुप यस जिल्लामा संचालनमा रहेको एउटा पनि क्रसहरु उद्योग कानून सम्बत संचालनमा रहेको नदेखिएपछि अवैध सबै क्रसहरु बन्द गराएको बताए । विना कानून प्रकृया पुरा गरी कोही कसैले क्रसरहरु संचालनमा ल्याए विद्युत लाईन प्रशारण काट्नुको साथै क्रसहरु उद्योग सिल समेत गरिने उनले निर्देशन दिए । 

एकचोटी अनुगमन गरिसक्यौ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, कानूनी प्रकृया पुरा गरी मात्र उक्त क्रसर उद्योगहरु संचालनमा ल्याउँन निर्देशन दिएको छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप