निशाको ‘ओजन’ लोकार्पित

काठमाडौँ । लघुकथाकार निशा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’को लोकार्पण गरिएको छ । स्रष्टा समाज नेपालले शनिबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमलगायतले सो कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रमका अतिथिहरूलाई डा. सदानन्द कँडेलले स्वागत गरेका थिए भने मधु पाठकले सो कार्यक्रम सञ्चालन गरेका थिए ।
ओजनबारे बोल्दै प्रमुख अतिथि गौतमले केसीका लघुकथा सिद्धान्तभित्र रहेर सिर्जना गरिएको बताए । केसीको सो कृतिभित्र रहेका हरेक लघुकथाको अन्त्यले पाठकको मनमा एक किसिमको झङ्कार दिने उनले बताए ।
यसैगरी लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले केसी पछिल्लो समय मुक्तक विधामा चर्चित भए पनि उनको पहिलो परिचय कथाकारको नै भएका बताए । कार्यक्रममा मन्दिरा मधुश्री र रीता खत्रीले सङ्ग्रहका लघुकथा वाचन गरेर सुनाएका थिए ।
उक्त कृतिको समीक्षा गर्दै साहित्यकार डा. ज्ञानु पाण्डेले सङ्कलित लघुकथाले प्रेम, चेतनाको आगो, समाजको वर्तमान अवस्थालाई समेटेको बताइन् ।
साहित्यकार विवश पोखरेलले ‘ओजन’का लघुकथाहरू निक्कै गहन र मनन योग्य रहेको बताए । लघुकथाकार निशा केसीले सङ्ग्रहित लघुकथाको रचनागर्भबारे खोतलेका थिए ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा समाजले प्रकाशन गरेको यो कृति ३४औँ भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु