समाचार
विमान दुर्घटनास्थलमा पुगे मुख्यमन्त्री अधिकारी
आइतबार, ०१ माघ २०७९, १२ : ०७

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुगेका छन् । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । एएनसी एटीआर ७२ उक्त विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ । खोँचमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको छ । दुर्घटनापछि जहाजमा आगो लागेको छ भने धुँवाको मुस्लो देखिन्छ । घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त