कम्बोडियाली प्रधानमन्त्री मालदिभ्सको भ्रमणमा

कम्बोडियाली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा छन् । उनी आइतबार बिहान मालदिभ्सका लागि प्रस्थान गरेको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
एकजना कम्बोडियाली अधिकारीले प्रधानमन्त्री हुन सेन मालदिभ्सको तीन दिने भ्रमणका लागि आइतबार बिहान मालदिभ्सको राजधानी माले प्रस्थान गरेको जानकारी दिए ।कम्बोडिया र मालदिभ्सका बीचमा सन् १९९५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो भ्रमण भएको प्रधानमन्त्री हुन सेनसँगको भ्रमणमा रहनुभएका कम्बोडियाली एकजना मन्त्री सिरी थामरोङले जानकारी दिए ।
नोम्पेन्हको अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सो कुराको जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री हुनसेनको यस भ्रमणका क्रममा मालदिभ्ससँग दुई पक्षीय सम्झौता पनि हुने बताए । उनले भने– प्रधानमन्त्री हुनसेनले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग द्विपक्षीय वार्ता गर्नेछन् । साथै त्यस अवसरमा दुई देशका बीचमा केही सहमति र सम्झौता पनि हुने भएको छ ।
उनले दुई देशका बीचमा विभिन्न छ ओटा क्षेत्रमा सम्झौता पनि हुन लागेको जानकारी दिए । कूटनीतिक, पर्यटन, स्वास्थ्य र वातावरणका क्षेत्रमा कम्बोडिया र मालदिभ्सका बीचमा समझदारी हुन लागेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु