बाँकेमा दादुरा सङ्क्रमित १६० जना पुगे

काठमाडौं । बाँकेमा गएको २४ घण्टामा थप २८ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यससँगै बाँकेमा दादुरा सङ्क्रमित हुनेको सङ्ख्या १६० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वाड नं. २६, खजुरा १ र कोहलपुर १ गरी २८ जनामा पुष्टि भएको हो ।
उपमहानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ९, ११, १५, १६,१८ र मा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएका छन् । यसैगरी ५० जना बिरामी होमआइसोलेसनमा छन् भने ५० जना उपचाररत छन् । उपमहानगरपालिकाका दुई वटा खोप केन्द्रमा आज दादुरा रुवेलाविरुद्धको खोप दिइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठअनुसार वडा नम्बर ३ र १६ को खोप केन्द्रमा दादुराविरुद्धको खोप दिइने भएको छ । खोप ६ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई बिहान १० बजेदेखि साझ ४ बजेसम्म खोप दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस