मधेसमा बढे पर्यटक

अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि जनकपुरधामका होटेल तथा लज भरिभराउ छन्। भारतको विभिन्न स्थानबाट दर्जर्नौ गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटेल र लजहरू भरिभराउ भएका हुन्।
मधेस प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ। आठवटा जिल्ला रहेको मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा २० हजार ७ सय ३३ जना आएका छन्।
नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुलनामा यस वर्ष २५४.५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८ सय ४७ मात्र रहेको थियो। गत वर्ष ५७.३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो। समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा कोभिड—१९ को असर कम हुनु हो।
त्यतिबेला पर्यटक आगमन ठप्प रहेकोमा सोको कोभिडको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक