दादुरा खोपको खागजी कभरेज छताछुल्ल

नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना र १५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ। नेपालगञ्जलाई गत वर्ष नै पूर्णखोप सुनिश्चित घोषणा गरिसकिएको छ। यहाँको खोपको कभरेज ९७ प्रतिशत बढी छ ।
सरकारी निकायको यो झन्डै शतप्रतिशत कभरेजलाई अहिले देखिएको दादुरा संक्रमणले 'कागजी कभरेज'का रूपमा पुष्टि गरेको छ । किनकि, त्यही सरकारी निकायले अहिले देखिएका दादुराका संक्रमितले नियमित खोप नलगाएको बताइरहेका छन् ।
एकातिर ९७ प्रतिशत कभरेज देखाएर पूर्ण खोप घोषणा गर्ने अर्कोतिर खोप नलगाएका व्यक्तिमा दादुरा संक्रमण देखिएको पुष्टि गर्ने सरकारी अधिकारीको भनाइले खोपको कभरेजमा ठूलो प्रश्न उब्जिएको छ ।
सरकारी निकायले निर्धारण गर्ने लक्ष्य र कभरेज प्रतिशत पनि नमिलेको देखिएको छ । जस्तै, नेपालगञ्ज ५ मा १ हजार ४ सय ७४ जना लक्षित गरिएको छ। पुस २२ गतेदेखि २९ गतेसम्ममा यो वडामा १ हजार ६ सय ५७ जनाले खोप लगाइसकेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत