सत्ता गठबन्धनमा तिक्तता, सभामुख चुन्न संकट
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ सदस्यसहितको बहुमत पुएर पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहणसमेत गरिसकेका छन् । मुख्यमन्त्रीले शपथ लिएलगत्तै सत्ता गठबन्धन दलबीच बढेको तिक्तताले सभामुख चयनमा समस्या देखिएको हो । बिहीबार भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्ष दुवैको बहुमत पुग्न सकेन ।
त्यस्तै शुक्रबार राजनीतिक दलबीच सभामुख निर्वाचनको कानुनी प्रक्रियाबारे सहमति नजुट्दा प्रदेशसभा बैठक नै बस्न सकेन । सभामुख निर्वाचनका लागि प्रदेशसभाको तेस्रो बैठक शनिबार साँझ ६ बजे बसेको थियो । तर सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी सहमति पालना नभएको भन्दै तटस्थ बस्दा कुनै पनि उम्मेदवारको बहुमत नपुगी सभामुख चयन हुन सकेन । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन
-
अवरुद्ध यातायात सहज बनाउन मन्त्री दाहालको निर्देशन
-
अतिकम विकसित देशहरुलाई सहयोग गर्न जी ७७ र चीनलाई परराष्ट्रमन्त्री राणाको आग्रह
-
दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा
-
सप्तकोशीमा हाइ रेड अलर्ट जारी, पानीको बहाव ६ लाख क्यूसेक