बेलायतद्वारा इरानी महान्यायाधिवक्तामाथि प्रतिबन्ध
लण्डन । बेलायतले इरानको महान्यायाधिवक्तामाथि प्रतिबन्ध लगाएको छ । जासूसीको आरोपमा बेलायती नागरिक अलिरेजा अकबरीलाई शनिबार मृत्युदण्ड दिएको भन्दै बदलामा इरानका महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीमाथि बेलायतले प्रतिबन्ध लगाउने भएको हो ।
मोन्टेजेरीविरूद्धको बेलायती प्रतिबन्धले अलिरेजा अकबरीको मृत्युदण्डप्रतिको हाम्रो घृणा (विरोध) लाई सङ्केत गर्छ । महान्यायाधिवक्तालाई मोन्टेजेरीलाई इरानले अकबरीविरूद्धको मृत्युदण्डको घोषणाका लागि मुख्य जिम्मेवार ठहर गरेकोले उनीविरूद्ध प्रतिबन्धको घोषणा गरिएको हो ।
विदेशमन्त्री जेम्स क्लेभरलीले एक ट्वीटमा बेलायतले बर्तमान् इरानी सत्तालाई मानव अधिकार उल्लङ्घनका लागि जवाफदेही रहेको दावी गरेका छन् । इरानी जेलमा रहेका ६१ वर्षीय अकबरीलाई ‘भ्रष्टाचार गरेको र गुप्तचर सूचना दिएर देशको आन्तरिक तथा बाह्य सुरक्षामा क्षति पुर्याएको’ अभियोगमा फाँसी दिइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले शनिबार जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन