मलाई निर्माताहरुको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी
![मलाई निर्माताहरुको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी](https://rpcdn.ratopati.com/media/albums/bhuban-kc-bhuvan-bhuwan_E6a9s94M9u.jpg)
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने गरी कानुन निर्माण गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिए ।
निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, “सुटिङ चलिरहेको दृश्य पहिल्य नै खिचेर विभिन्न सञ्चार माध्यममा सार्वजनिक गरिदिनाले निर्मातालाई ठूलो क्षति भइरहेको छ । यस्ता अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र क्षतिपूर्ति तिराउन माग गरेका छौँ”, अध्यक्ष केसीले भने ।
उनले बोर्ड अध्यक्षका रुपमा करिब छ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासोसमेत गरे । “कुन बेला निस्किन्छ र म अध्यक्ष बन्छु भनेर बसेका छन् । ती व्यक्तिले मलाई काम गर्न दिएका छैनन्”, अध्यक्ष केसीले भने, “मेरो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने छु । चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न सबै निर्माताहरू एकजुट हुनुको विकल्प छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले लियो समर्थन फिर्ता, मन्त्रीहरूले आजै राजीनामा बुझाउने
-
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति
-
फौजदारी अभियोग लाग्दैमा पेन्सन रोक्न नमिल्ने सर्वोच्चको फैसला
-
ओलीले बोलाएपछि एमाले मन्त्रीहरूलाई बालकोटमा
-
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमा छलफल जारी