सभामुख कृष्ण धितालले लिए शपथ
शनिबार, ३० पुस २०७९, २० : १७

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । शनिबार दिउँसो ३ बजे सभामुखमा निर्वाचित भएसँगै बेलुका प्रदेश प्रमुख गुरुङबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति रहेको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा धितालले ३२ सांसदका समर्थनसहित सभामुखमा निर्वाचित भएका हुन् । धिताललाई एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको मत पाएर सभामुखमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा