मधेस प्रदेशमा सभामुखको निर्वाचन माघ २ गते, मण्डल र रायले गराए उम्मेदवारी दर्ता

जनकपुरधाम । माघ २ गते हुने मधेस प्रदेशसभाको सभामुखको लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली काँग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएको मधेस प्रदेशसभाको प्रदेशसभा सचिव रञ्जित कुमार यादवले जानकारी दिएका हुन् ।
नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले शनिवार(आज) प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको थियो । त्यसै गरी माघ २ गते १ बजे निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तालिका बनाइएको प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
प्रदेशसभा सदस्य भरत प्रसाद साह प्रस्ताव भई सरोजकुमार यादव, रामअशिष यादव र महेश प्रसाद यादवको समर्थनमा मण्डलले उम्मेदवारी दर्ता गराएका छन् भने कुमरकान्त झा प्रस्तावक भई जिवछी कुमारी यादवको समर्थनमा रायले उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा १(१) बाट निर्वाचित मण्डलको पक्षमा २ स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध प्रसाद सिंह यादव गरी कुल ७२ प्रदेशसभा सदस्यको साथ रहेको देखिन्छ भने सर्लाही २(१) बाट निर्वाचित रायको पक्षमा २९ जना प्रदेशसभा सदस्य देखिन्छन् ।
१० दलको प्रतिनिधित्व रहेको मधेस प्रदेशमा सत्ता गठबन्धनमा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नेपाल संघीय समाजवादी पार्टी १ राप्रपाका १ सांसद छन् । यता कांग्रेसका उमेदवार रायलाई कांग्रेसको २२ र नेकपा एसका ७ जना प्रदेशसभा सदस्यको साथ छ । यस प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति बमोजिम मुख्यमन्त्री जसपाले तथा सभामुख एमाले र उपसभामुख जनमतको भागमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?