रग्बी संघको अध्यक्षमा देवकोटा निर्विरोध
शनिबार, ३० पुस २०७९, १८ : ५७
_MtNLEYzYoO.jpg)
काठमाडौं । नेपाल रग्बी संघको अध्यक्षमा दीपक देवकोटा निर्विरोध चयन भएका छन् । संघको १० औँ चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
यसअघि देवकोटा संघका कार्यवाहक अध्यक्ष थिए । तत्कालीन अध्यक्ष टंकालाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भएसँगै तत्कालीन उपाध्यक्ष देवकोटाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा चेतनराज गिरी, महासचिवमा गोविन्द घिमिरे, सचिवमा विजय मोक्तान लामा र कोषाध्यक्षमा जेबी दीपक अधिकारीलाई निर्विरोध चयन ग¥यो । त्यस्तै कामना गिरी, एलिसा थापा, रमेशप्रसाद भट्टराई, रविन केसी, हरिशंकर महतो र इन्द्रबहादुर तामाङ सदस्यमा चुनिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’
-
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर