सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित दुई जना पक्राउ

शनिबार, ३० पुस २०७९, १८ : ५०
शनिबार, ३० पुस २०७९

काठमाडौँ । भन्सार छली लुकाई छिपाई ल्याएको अन्दाजी २ लाख ८७ हजार रुपैयाँ बराबरको मोबाइल ४१ थान सहित भारत घर भएका ३७ वर्षीय दिलीप पवार समेत २ जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त मोबाइल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप