बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खानीखोला गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

शनिबार, ३० पुस २०७९, १८ : २३
शनिबार, ३० पुस २०७९

काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावररह्योई ल्हो (बिरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ल्होछार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मूल आयोजक समिति  गठन गरेर ल्होछार मनाउने तयारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप