रुस–युक्रेनबीच वार्ताको वातावरण बनाउन चीनको जोड
संयुक्त राष्ट्रसंघ । युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । रुस–युक्रेन वार्ताको वातावरण बनाउन पहल अन्तर्राष्ट्रिय समुदायबाट हुनुपर्ने पनि उनले बताए । राष्ट्रङ्घीय सुरक्षा परिषद बैठकमा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिए ।
उनले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार व्यक्त गरे । विशेष गरी वर्तमान परिस्थितिमा ठूलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र सङ्कटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने चिनियाँ स्थायी प्रतिनिधिले बताए ।
नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए । साथै उनले युद्धबाट प्रभावितलाई मानवीय सहायता उपलव्ध गराउनुपर्ने र युक्रेनका क्षतिग्रस्त ऊर्जा पूर्वाधार यथाशीघ्र मर्मत गराउन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । शान्ति स्थापनाका सबै काममा चीनको सक्रिय सहभागिता एवम् सहयोग रहने पनि उनले स्पष्ट पारे ।
जापोरिझहिया आणविक ऊर्जा केन्द्रको सुरक्षामा असर पार्ने सबै सैन्य कारबाही तत्काल बन्द गर्न आग्रह गर्दै चीनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएईए) लाई केन्द्रका सम्बन्धमा रुस र युक्रेनसँग सञ्चार कायम राख्न सहयोग गर्ने जानकारी राजदूत झाङले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या