समावेशीकरण र समानताको आवाजसहित भित्तेचित्र
कलाबारे नितान्त अलग्ग ढंगको कार्यक्रम यसपालि (कात्तिक २७ देखि ६ पुससम्म) काठमाडौंमा सम्पन्न भयो । आर्टुडियोले आयोजना गरेको ‘भित्तेकला परियोजना– २०७९’ (सामाजिक समावेशीकरण र समानता विषय केन्द्रित) नामक कलाको कार्यक्रममा कैलाश श्रेष्ठ ‘क्युरेटर’ थिए । अंग्रेजीमा ‘स्ट्रिट आर्ट प्रोजेक्ट– २०२२’ नाम दिइएको यस कार्यक्रमका अन्य दुई नाम समेत थिए– ‘एकताको भित्ता’ र ‘भित्तामा समावेशिता’ । नेपालस्थित अमेरिकी दूतावासको सहयोग रहेको यस कार्यक्रम एकता, समावेशी र समानताको सन्देश दिने उद्देश्यले आयोजना गरिएको थियो । यस कार्यक्रममा प्रख्यात अमेरिकन ग्राफिटी कलाकार म्यान वान समेत सहभागी थिए, जसले गर्दा यो कार्यक्रमको महत्ता अझ बढेको थियो ।
खुला सडकमा आयोजना गरिएको यस कार्यक्रमको अर्को उद्देश्य देखिन्थ्यो– कलालाई सर्वसाधारणको पहुँचमा पुर्याउनु । सर्वसाधारणलाई कलामा प्रत्यक्ष संलग्न गराउने यस्ता खाले कार्यक्रम सन् ६० को दशकपछि विश्वभरि झाँगिन गएको देखिन्छ । नेपालमा सन् २००० पछि मात्र कलाको यो प्रवृत्तिले प्रवेश पाएको हो । यस्ता कलालाई वैकल्पिक कला भन्ने चलन पनि छ ।
अचेल विदेशमा, घरबाहिर गरिएको कुनै पनि कलाका कार्यक्रम (चाहे भित्तेचित्र नै किन नहोस्)लाई स्ट्रिट आर्ट, पब्लिक आर्ट भन्ने प्रचलन छ । यस्ता चित्र भित्तामा मात्र होइन सँगै जोडेर भुँइमा, सडकमा जताततै बनाइन्छ, जो सर्वसाधारणसँग जोडिएको हुन्छ ।
वैकल्पिक कलाका अनेकौँ स्वरूप छन् । खुला सडकमा गरिएकाले आर्टुडियोको यस कार्यक्रमलाई ‘स्ट्रिट आर्ट’ पनि भनिएको हो । यस कार्यक्रम विश्वमा प्रचलित ‘स्ट्रिट आर्ट’भन्दा केही फरक भने हो । यद्यपि क्युरेटर कैलाशको तर्क छ– पब्लिक स्पेसमा कलाबारे बहस हुनु र गराउनु स्ट्रिट आर्ट हो ।
आर्टुडियोको आयोजनामा भएको यस कला गतिविधि एउटा परियोजनाको रूपमा परिकल्पना गरिएको हो । यसर्थ यसलाई प्रोजेक्ट आर्ट भन्ने चलन छ । सीमाहीन भएर देखिने यस्ता कलामा ज्यादाजसो स्वरूपमा ‘कोल्याबोरेटिभ आर्ट’को प्रकृति हुनु वा देखिनु नौलो भएन ।
अचेल विदेशमा, घरबाहिर गरिएको कुनै पनि कलाका कार्यक्रम (चाहे भित्तेचित्र नै किन नहोस्)लाई स्ट्रिट आर्ट, पब्लिक आर्ट भन्ने प्रचलन छ । यस्ता चित्र भित्तामा मात्र होइन सँगै जोडेर भुँइमा, सडकमा जताततै बनाइन्छ, जो सर्वसाधारणसँग जोडिएको हुन्छ । यस्ता कलाले स्पेस, समय अनि वर्तमानको सामाजिक र राजनीतिक अवस्थासँग जोरी खोज्दै अगाडि बढ्छ । हिजोआज पहिलेजस्तो अलग्गै भएर कला भित्तामा मात्र टाँसिने अनि दर्शकको रूपमा मात्र सर्वसाधारण रहने प्रचलन बिस्तारै हराउँदै गएको छ । अथवा, यस्तो कला प्रदर्शनीलाई परम्परागत कलाको श्रेणीमा राख्न थालिएको छ । आजको समसामयिक कलामा कलाबाट सर्वसाधारण अलग्ग हुँदैनन् । अझ कला स्वयं आम मान्छेकोमा पुग्ने जमर्को गर्छन् । यसैले गर्दा यस्ता स्ट्रिट आर्ट वा पब्लिक आर्ट ह्वाह्र्वार्ती अगाडि आउन थालेको हो । हरेक कला आममान्छेको दिनचर्यासँग जोडिएर विकास भएको देखिन्छ । यस्ता प्रकारले नेपालमा कला देखिने प्रवृत्तिलाई पश्चिमी कलाको बाछिटा भन्न सकिन्छ ।
मैथिली लोक कलाकार, समसामयिक कलादेखि ग्राफिटी अनि भित्तेचित्रलाई समेत यस परियोजनाले समेटेको थियो । यी दुवै कला एकै हुन् अनि होइनन् पनि । ग्राफिटी कला भनेको मूलतः भित्तेचित्रकै आधुनिक रूप हो ।
अहिले विश्वमै समसामयिक कलाको नामले चिनिने यस्ता कला नेपालमा पनि प्रशस्त देखिएका छन् । हाम्रै राष्ट्रको हाम्रै समस्यागत सवाललाई केन्द्रमा राखेर यस्ता कार्यक्रम गर्ने प्रचलन पनि निकै बढेर गएको छ । यो एक किसिमको कलागत आन्दोलन र कलालाई आममान्छेसँग जोड्ने उपक्रम हो । कैलाश यसका दरिला कला–अभियन्ता हुन् । यो कार्यक्रम यही मोडालिटीमा बनाइँदा कार्यक्रमको मूल केन्द्रबिन्दु उपत्यका रहे पनि लोककला र गाउँको परिवेश (स्थानीयता)सँग जोड्न खोज्दा, जोडिन खोज्दा मध्यपूर्व तराईको भूभाग जनकपुर पनि यो कार्यक्रमको एक भाग बन्न पुगेको छ ।
मूलतः यो कार्यक्रमको प्रकृति ‘कोल्याबोरेसन’ नै हो । कोल्याबोरेसनको अर्थ हुन्छ, मिलेर काम गर्नु अर्थात् सिर्जना पनि मिलेरै गर्ने । कलाको पद्धति, अवधारणा, ग्रुप एप्रोच, टिमवर्क आदि कोणबाट हेर्दा यो कार्यक्रम ‘हलिस्टिक एप्रोच’को नजिकजस्तो देखिन्छ ।
बाहिर विदेशमा कलाको ऐतिहासिक आरोह–अवरोह स्थापित मूल्य–मान्यताका साथ बढेको हुन्छ । कलाकार बडो सचेत हुन्छन् । समाज, आमजनता अझ सचेत छन् । यसो हुँदा गुणात्मक किसिमले बनाइएन भने कला स्थापित हुन सक्तैन भन्ने कलाकारले समेत राम्ररी बुझेका छन् । यसैले गर्दा नयाँ कलागत मान्यता प्राप्त गर्न पुराना कलालाई विस्थापित गरी कलाका नयाँ अवधारणा, शैली, प्रक्रिया र स्वरूपलाई स्थापित गर्न खोज्ने प्रयास भइरहेको देखिन्छ ।
यही आजको अवस्थामा, स्वरूपमा बन्ने गरेका बाहिर देशको ग्राफिटी कला (एक प्रकारको भित्तेचित्र) यसैमा मिसिँदा यसको चहक अझ बढेको देखिन्छ । नेपालको सदियौँदेखि बन्दै गरेको, परम्परामा रहेको भित्तेचित्र ग्राफिटीसँग मिसिएर कोल्याबोरेटिभ रूपमा आउँदा एक शक्तिशाली काम भएको छ । अत्याधुनिक कला–प्रवृत्तिको ढाँचा र कन्सेप्टको संलग्नताले पनि यो काम शक्तिशाली बनेको हो । कन्सेप्टको सन्दर्भ कलाकारको अवधारणासँग सम्बन्धित छ । जसले मूलतः समाजको संरचना, यसका समस्या र निराकरणको प्रक्रियामा प्रत्यक्ष दख्खल दिन्छ । यस्तै, परिवर्तनका लागि आवाज उठाउँछ अनि परिवर्तनतर्फ जागरुक बनाउँछ । अर्को कुरा, यो कला आफैँमा समसामयिक (कन्टेक्सचुअल बन्नुको अर्थमा) बन्नुले एक अलग्ग अर्थ राखेको देखिन्छ । स्थानीय लोककलाको सुगन्ध यसैमा मिसमास हँुदा यो कार्यक्रम अझ टल्कन पुगेको थियो ।
यो कार्यक्रम स्थानीय कलाकार (जनकपुरमा मैथिली कलाकार), आम जनसमुदाय, स्थानीय सरकार, विकासका अभियन्ता आदिसँगको समन्वय र भलाकुसारीमा सम्पन्न भएको थियो । इन्डिजिनियस आर्टको ओत लागेर बनेका यस्ता भित्तेचित्रमा सर्वसाधारणले अपनत्व ग्रहण गरेको देखिएको थियो । नेपालमा यसअघि यस प्रकारको ग्राफिटी कला हुँदै नभएको होइन । अझ यसभन्दा ठुल्ठूला ग्राफिटी कला निर्माण भएका छन् । तर, आम समुदायसँग हातेमालो गर्दै समाजको मुद्दामा दख्खल दिँदै बढेको कलाको कार्यक्रमका रूपमा यसैलाई मान्नैपर्छ । यसपालि नौलो कलाको प्रवृत्तिमा देखिँदा यसप्रति सर्वसाधारण यात्रुको समेत चासो बढेकोे थियो । अझ गहन अन्तक्र्रिया समेत समावेश भइदिँदा यो समसामयिक कलाले थोरै अलग्ग स्वरूप धारणा गरेको हो । यो एउटा मात्र कार्यक्रम नभएर कार्यक्रमको शृंखला हो । हरेकजसो कार्यक्रम विविध फर्ममा देखिन्छन् ।
विश्व कला बजारमा ग्राफिटी कला नाम कमाएको अनि समसामयिक कलाको वैकल्पिक स्थापित धार पनि हो । यसपालि उहिले परम्परादेखि भन्दै र गर्दै आएको परम्परागत भित्तेचित्रको सन्दर्भ सँगसँगै आइरहेको थियो । सामान्य दर्शक, जसलाई कलासम्बन्धी चासो थिएन, तैपनि उनीहरू कलाको बहस गर्दै थिए ।
कलाप्रति वास्तै नभएका, कलाबोध नभएका वा भएका सडक किनारा भई हिँडेका यात्रुलाई कलासँग केही समयका लागि साक्षात्कार र बहस गराउनु यो कार्यक्रमको मूलभूत उद्देश्य थियो । सडकमा हतार–हतार आ–आफ्नो गन्तव्यमा हिँडिरहेका सर्वसाधारणलाई कला हेर्न भनिएको थिएन, तर उनीहरूको प्रतिक्रियालाई आयोजक र कलाकारले गौर गरेर हेरिरहेका थिए ।
यो कार्यक्रमको प्रोसेसलाई अलि गहिरिएर हेरौँ । सर्वप्रथम कार्यक्रमकै अभिन्न भागको रूपमा यो कार्यक्रमलाई मिल्दो, सक्षम र चासो पनि बोकेका कलाकारलाई आह्वान गरिएको थियो । आएका कन्सेप्टमाथि परियोजनाले परिकल्पना गरेको समसामयिक अवस्था, समावेशीकरणको अवधारणा, ग्राफिटी कला, स्ट्रिट आर्ट, पब्लिक आर्ट आदिलाई केन्द्रमा राखेर सहभागी लगायत अन्य विधागत विज्ञ राखेर छलफल गरियो । कन्सेप्टलाई केलाउने, कलाकारको रचना, दक्षता र शिल्प दक्षतालाई खोज्ने काम पनि गरियो । खासगरी समावेशीको अवधारणा र प्रस्तुतिको सन्दर्भमा गहिरो पुर्पक्ष भयो । खुला आकाशमुनि कला कार्यशाला पनि भए । कला, समावेशीकरण आदिबारे आम समुदायसँग अनौपचारिक छलफल भए ।
यो कार्यक्रममा आफूले गर्न खोजेको कलाको कन्सेप्ट आवश्यक हुन्थ्यो । त्यसैले कन्सेप्टसहित आएका थुप्रै कलाकारमध्ये १० कलाकार छनोट भए । निचोडमा निस्किएका अवधारणा, कलाका प्रक्रिया र कार्यक्रम समष्टिगत रूपमा कार्यान्वयन गर्न एक विदेशीसहित ६ कलाकार मात्र भए । अन्तिम कामै गर्न अर्थात् भित्तामै गएर कला पोत्न नेपाली पाँच कलाकार मात्र छानिएका थिए । काठमाडौंका सडकछेउका पर्खाल र जनकपुरको पानीको मूल स्रोतलाई संरक्षण गर्न बनेको कलात्मक गोलाकार एक घरको बाहिरपट्टिको भित्तामा कला बनाइएको थियो । सिर्जना भइसकेपछि पनि यसैमाथि अर्को क्रियाकलाप, बहस भएका हुन् । यी सबै प्रक्रिया पूरा गर्दै झन्डै एक महिना बित्यो ।
कलाप्रति वास्तै नभएका, कलाबोध नभएका वा भएका सडक किनारा भई हिँडेका यात्रुलाई कलासँग केही समयका लागि साक्षात्कार र बहस गराउनु यो कार्यक्रमको मूलभूत उद्देश्य थियो । सडकमा हतार–हतार आ–आफ्नो गन्तव्यमा हिँडिरहेका सर्वसाधारणलाई कला हेर्न भनिएको थिएन, तर उनीहरूको प्रतिक्रियालाई आयोजक र कलाकारले गौर गरेर हेरिरहेका थिए । यो कलागत प्रक्रियालाई स्वभावतः आम भावकले अनौठो दृष्टिले हेरेका पनि थिए ।
कलाको यो नवीन सोच र अवधारणाले समुदाय विकासका स्टक होल्डर लगायत आममान्छे समेतलाई झकझकाएको अनुभूति यथेष्ट रूपमा भयो । सहर विकास, विशेष गरेर कला सम्पदाको संरक्षणका जिम्मेवार काठमाडौं र ललितपुका मेयर पनि प्रत्यक्ष परोक्ष रूपमा यो कार्यक्रम संलग्न भएका थिए ।
कैलाश गतका दशकदेखि नेपालमा कम्युनिटी आर्ट र स्ट्रिट आर्टको विकासमा गहन रूपमै लागिपरेका सजग अनि क्रियाशील भिजुअल आर्टिस्ट हुन् । प्यारोडी शैलीका (व्यंग्यात्मक व्यक्तिचित्र) कलाकार उनी राम्रो फोटोग्राफरसँगै सफल क्युरेटर, आर्ट एजुकेटर पनि हुन् । उनले अनेक प्रकारका वैकल्पिक कलाका अनेकौँ प्रयोगात्मक काम गरेका छन् । ‘क्युरेटिएल–वर्क’का रूपमा एक अलग्ग अवधारणाको विकास गरेर अलि लामो समयका लागि धेरै निकायसँग कोल्याबोरेसन गरेर थुप्रै काम गरेका उनले सन् २०११ देखि २०१४ सम्म अनवरत रूपमा एक कला आन्दोलन ‘वि मेक द नेसन’ गरे । यसपश्चात् ‘आई एम यु’ नामक अर्को काम २०१४ बाट प्रारम्भ गरे । २०१६ मा ‘दोलखा एल्बम’ काम गरेका थिए । यी सबै अलग अलग थिममा गरिएका काम हुन् । यसैको निरन्तरतामा अहिले उनले यो समावेशीकरणको मुद्दालाई उठाएर काम गरेका हुन् ।
चित्रमा सारंगी बजाइरहेको देखिनु, देखाइनुले सीमान्तकृत समुदायमा पर्ने गन्दर्भको प्रतिनिधित्व भएको अनुभूति हुन्थ्यो । एक बालक खुसीमा सारंगी बजाएर उभिइरहेका देखिन्थे, सँगै नेवारी लिपि समायोजन गरिएको थियो, योसँगै मैथिली महिलाका मुखाकृति लहरै बसेका देखिन्थे ।
बालबालिकामार्फत समाजका सवाल उठाउने, स्ट्रिट आर्टलाई पुनव्र्याख्याका साथ नौलो ढंगबाट उजिल्याउने काममा उनी दत्तचित्त भएर लागिपरेका छन् । उनले गर्ने कुनै पनि कलाका कार्यक्रममा कलाको सर्वनवीन धारलाई छाम्न सकिन्छ ।
उनका धेरैजसो कार्यक्रममा स–साना बालबालिका मूूल पात्रका रूपमा रहेका हुन्छन् । ‘विन्टर भेकेसन’मा फुर्सदमा भएका बालबालिकालाई उनले कलाको सानो कोचिङ कक्षा दिन्छन्, जसमा कला सिर्जना, कला–संचेतना अनि समसामयिक कला–पद्धति समावेश गरिएका हुन्छन् । प्रविधि र प्रवृत्तिबारे बालबालिकालाई बुझाउन सक्नु उनको क्षमता हो । बालबालिकाले महसुस गर्ने रमाइलो र आनन्दानुभूति नै उनको कार्यक्रमको विशेषता हुन्छ । कला कोर्दा बालबालिका रमाउनुपर्छ । रमाइरमाई कलाको सिर्जना हुँदा स्वभावतः अब्बल कलाको सिर्जना हुन्छ भन्ने उनको मान्यता हो ।
बालबालिकासँग स्थापित भइसकेका पाका कलाकारसँगको उठबस गराउनु, सहभागितामूलक प्रक्रियाबाट विषयगत अवधारणा आदिलाई कलामार्फत सम्पे्रषण गराउनु, खासगरी कलाको हरेकजसो अवयवसँग कोल्याबोरेटिभ रूपमा काम गर्नु यो कार्यक्रमको मूल विशेषता देखिन्छ ।
यसपटक उनले सार्वजनिक ठाउँमा कलाको बहस गराउन चाहेका थिए । उहिले र अहिले पनि कला राष्ट्रको मूलधारमा पर्न सकेको छैन । सामाजिक संरचनामा समावेशीका कुरा, समानताका कुरा आवश्यक भएझैँ कला र कलाकारको आवाज नसमेटिनु समाज र राष्ट्रकै लागि घातक हो । थाहा पाएर वा नपाएर मानवको दिनचर्यामा समावेश भइरहेका कला (मठ–मन्दिर मूर्ति वा चित्रहरू (कलाको मूल रूप)माथि बहस हुन पाएका छैनन् । कलाकारको संयुक्त भ्वाइस (यसपालि भित्तामा देखिएको एकता लेखिएका ठुल्ठूला अक्षर पनि यसैको प्रतिविम्ब हो) एकताको रूपमा गर्जनका साथ मुखरित हुनु उनको यस कार्यक्रमको अभीष्टजस्तो देखिन्छ । यो कार्यक्रममा मैथिली लोककला र समसामयिक कलाको मिश्रणमा बनेका कला देखिनु यसको सार्थक पक्ष थियो । यी काम विभिन्न चहकिला रंगबाट औधि आकर्षक रूपमा देखिँदा बाटोमा हिँडिरहेका यात्रुले अनौठो स्वाद लिएको आभास हुन्थ्यो । सामान्य दर्शकका लागि पनि यसले विभेदका सवाल, समानता हुनुपर्ने सवाललाई अझ गहिरोसँग प्रवाहित गरिरहेकै देखिन्थ्यो । कलागत र सामाजिक संचेतना आदि बुझ्न र बुझाउन यस कार्यक्रमले मद्दत गरिरहेको थियो । लोककला र समसामयिक कला, पश्चिमी कला र पूर्वेली कला सबै एकै ठाउँबाट उदाउनु विभेदमाथिको चोटिलो प्रहार पनि हो ।
मैथिली लोक कलाकार, समसामयिक कलादेखि ग्राफिटी अनि भित्तेचित्रलाई समेत यस परियोजनाले समेटेको थियो । यी दुवै कला एकै हुन् अनि होइनन् पनि । ग्राफिटी कला भनेको मूलतः भित्तेचित्रकै आधुनिक रूप हो । उहिले गरिने भित्तेचित्र कुनै सामाजिक सवाललाई लिएर नगरीकन विशेष गरेर धार्मिक गाथाको बढी मात्रामा वर्णन गरिएको हुन्थ्यो । अहिले भित्तामा गरिने यस्ता भित्तेचित्रलाई पश्चिमाले ग्राफिटीको नामबाट चिन्ने गरेका हुन् । भित्तचित्रको हजारौँ वर्षको इतिहास छ । यस्ता कलाले सभ्यताको इतिहासमा गुफादेखि यात्रा गर्दै यहाँसम्म आइपुगेको हो । विशेष गरेर बौद्ध विहारबाट सुरु भएका यस्ता कला पछि गुम्बा, मठ–मन्दिर आदिमा देखिन थालेका थिए । अहिले खुला सडकको पर्खाल, घरको भित्ता आदिमा बनाउन थालिएको छ । पहिले धर्मगाथा गाउन केन्द्रित हुने यस्ता कला अहिले सामाजिक र राजनीतिक सवालमा केन्द्रित छन् ।
यो परियोजनाका लागि काठमाडौंमा युवा कलाकार मनिषा शाह, सुदीप वल्ल, किरण महर्जन, अनिल खड्का, खेमबहादुर पाल्पाली अनि अमेरिकन कलाकार म्यान वान संलग्न थिए । यस्तै जनकपुरका लागि २५ स्थानीय मैथिली लोक कलाकारको संलग्नता थियो । जनकपुरमा कलाकारले आ–आफ्नै ढंगले अलगअलग चित्र बनाउँदा आफैँमा समानता र समावेशीको अनुपम नमुना बनेको थियो ।
काठमाडौंको बानेश्वरस्थित यातायात व्यवस्था विभागको बाहिरपट्टि पर्खालहरूमा किसिमकिसिमका भित्तेचित्र कोरिएको थियो । ध्वनिको आन्तरिक तत्त्वलाई संगीतको शक्तिका रूपमा अनि सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर कला सिर्जना गरिँदा स्थानीय बाजा (सहनाइ, बाँसुरी, झ्याम्टा, कर्नाल, नरसिंह आदि) मुख्य पात्रका रूपमा रहेको देखिन्थ्यो । पौभा र थाङ्का कला समेटेर नेपाली परम्पराको महत्त्व झल्काइएको थियो ।
चित्रमा सारंगी बजाइरहेको देखिनु, देखाइनुले सीमान्तकृत समुदायमा पर्ने गन्दर्भको प्रतिनिधित्व भएको अनुभूति हुन्थ्यो । एक बालक खुसीमा सारंगी बजाएर उभिइरहेका देखिन्थे, सँगै नेवारी लिपि समायोजन गरिएको थियो, योसँगै मैथिली महिलाका मुखाकृति लहरै बसेका देखिन्थे ।
कलाकारले एक–अर्कालाई सहयोग गर्दै भिन्दाभिन्दै कला बनाउँदै थिए, यसकारण विभिन्न फूल गाँसेर माला बनेजस्तो कलाको रूप देखिन्थ्यो । सम्भवतः यही नै अनेकतामा एकताको प्रतिविम्ब हो जस्तो बन्न गएको थियो । यी भित्ते कला कोल्याबोरेटिभ छँदै थिए, यसका साथै ‘इन्टर्याक्टिभ एक्पेरियन्स’को समागमन पनि बन्न गएको देखिन्थ्यो । एक–अर्काको अलग–अलग विधा, यसमाथि अन्तर्राष्ट्रिय अन्तक्र्रिया पनि थियो । विभिन्न कलाकार बीचको एकता (स्वदेश–विदेश सबै ठाउँका), अलगअलग कलागत विज्ञको एकता, यसैद्वारा बाहिर आममान्छेमा एकता कायम गरी समावेशी र समानताको सवाललाई उठाइएको थियो । यही नै यो कार्यक्रममो सौन्दर्यता बन्न गएको थियो ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)