शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
खुमाइडाँडाबाट माछाको पुच्छर हेर्दा...
यात्रा

खुमाइडाँडाबाट माछाको पुच्छर हेर्दा...

शनिबार, ३० पुस २०७९

अहिलेसम्म मानिसले नचढेको माछापुच्छ्रे हिमालको माछाको पुच्छरको जस्तो आकृति अझै नजिकबाट हेर्ने अभिलाषा धेरैलाई हुन सक्छ । यसका लागि खुमाइडाँडा एक उत्तम स्थान हो । 

जति उक्लिँदै गयो, त्यति नै तल–तल देखिने खोला, कुम ठोकिएका जस्ता वरिपरि उभिएका अग्ला हिमाल, बीचमा पर्ने जंगल, चराको चिर्बिर, चिसो पानी रसाइरहेको मूल र सिरानतिर देखिने बञ्जर तर मनमोहक— प्रकृतिप्रेमीका लागि योभन्दा गज्जबको दृश्य अरु के नै हुन सक्ला र ! 

माछापुच्छ्रे नमुना पदमार्गमा ३२४० मिटरमा रहेको खुमाइडाँडालाई अन्नपूर्ण पदमार्गको विकल्पका रूपमा लिन सकिन्छ । यद्यपि अहिले अन्नपूर्ण पदमार्गका केही क्षेत्रमा मोटरबाटो पुगिसकेको छ । 

1st5th8th

खुमाइडाँडा जाने योजनासहित दिदी र बहिनीसहित म काठमाडौंदेखि पोखराको हरिचोक हुँदै घाचोक पुग्यौँ र बास बस्यौँ । सेतो र रातो रंग पोतिएका एकैनासका ढुंगाले छापेका घर, उस्तै गोरेटो भएको गुरुङ बस्ती घाचोकमा होमस्टेको व्यवस्था छ, यहाँ नयाँ पाहुना आउनासाथ पूरै गाउँ स्वागत गर्न तयार हुँदो रहेछ ।

2nd

अर्को बिहान घाम झुल्कनुअघि नै हामी उकालो लाग्यौं । घामतारा गाउँको छेउबाट बनेको नयाँ बाटो हाम्रो रोजाइमा पर्‍यो, तर यही बाटो हाम्रो गल्तीको एउटा कारण भयो । उकालो देखेर तर्सिएका हामी घामतारा डाँडाको दोबाटोमा उकालो बाटो छोडेर तेर्सो बाटो लाग्यौं, तर अलिकति हिँडेपछि बाटो सकियो । फेरि १० मिनेट फर्किएर दोबाटोमै आयौँ । अर्को साइडमा जस्तावाला घर देखेपछि त्यतै लाग्यौं । त्यो डाँडा उक्लिनेबित्तिकै पदमार्ग फेला पर्‍यो । पदमार्ग हुँदै टुँबु डाँडा कटेर अब त ओरालो आउला कि भन्ने आशा थियो तर जंगल आइपुग्यो । जंगलबाट अघि बढ्दै गर्दा बाटोमा अरु पदयात्रीसँग भेट हुँदा सबैको एउटै प्रश्न हुन्थ्यो– ‘अझै कति समय लाग्ला ?’ सबैको उत्तर आउँथ्यो– ‘करिब ६ घन्टा ।’

3rd

अनकन्टार जंगल तर त्यहाँ भएको हरियाली र चराको चिर्बिरले हामीलाई ऊर्जा दिइरहेको थियो । त्यहाँदेखि केही माथि रहेको हिले पुगेपछि भने हामी तीन जनाकै अनुहारमा चमक आयो । त्यहाँको होटलमा पुग्नेबित्तिकै हामीले घाचोकबाट भनेको अर्डर उनीहरूलाई सम्झायौं । हामी त्यहाँ पुगेको एकैछिनमा खाना तयार भयो, तर मासु पाक्नका लागि अलिक समय लाग्यो ।

4th

हिलेमा खाना खाएर आधा घन्टा जति बसेपछि हामी फेरि उकालो चढ्ने तर्खर सुरु गर्‍यौँ । छिटो हिँड्नेलाई त्यहाँदेखि खुमाइडाँडा पुग्न करिब ३ घन्टा लाग्छ, तर हिँड्न नसक्नेलाई ५ घन्टा जति । ५ घन्टामा पुग्ने उद्देश्यले हामी हिँड्दै थियौँ ।

7th

उकालो लाग्दै गर्दा देउराली डाँडामा खच्चडहरूको बथान देख्यौं । बाटोमा चिया पसल पनि भेटिए । एक ठाउँमा बोर्ड देखियो– बाटोमा खुमाइडाँडा पुग्न अब ४५ मिनेट बाँकी, तर अल्छीलाई १ घन्टा । हामीलाई थप ऊर्जा दिन सूर्यले हिमालमा लालीपोते जस्तो देखिन्थ्यो, ठ्याक्कै बिहेकी सुन्दर बेहुलीजस्तै । 

9th

खुमाइडाँडा पुगेपछि हामीले सबै दुःख बिर्सियौं । झन्डै १३ घण्टा हिँडेको फल हामीले माथि पुगेपछि मात्रै पायौं । वरिपरिको सुन्दर दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न के थालेको थिएँ, क्यामेराको ब्याट्री डाउन भइदियो ।

10th

यहाँ न फोन लाग्छ, न त बत्ती बाल्नबाहेक अरु कामका लागि बिजुली पाइन्छ । काठमाडौं र अन्य सहरमा बत्तीको उज्यालोमा बस्ने बानी परेकालाई यो ठाउँ आफैँलाई परीक्षण गर्ने स्थान बन्न सक्छ, फोटो वा भिडियो खिच्नका लागि ब्याट्री र ट्राइपड एक्स्ट्रा बोक्नैपर्छ ।

6th

त्यो रात त्यत्तिकै बित्यो । भोलिपल्ट घाम उदाउनुअघि म उठिसकेको थिएँ । बाँकी रहेको एउटा ब्याट्रीले मैले फोटो खिच्दै थिएँ तर त्यो पनि एकछिनमै सकियो । ९ बजे हामी उही ओरालो झर्न थाल्यौं । हिलेमा खाना खाएर हिँड्दा हामीले घाचोकबाट हरिचोक जाने अन्तिम गाडी (४ बजे छुट्ने)  समात्न सफल भयौँ ।

12

खुमाइडाँडा जाँदा बाटोमा खच्चडले ठुल्ठुला जर्किनमा पानी बोकेका थिए । माथि डाँडामा पानीको पर्याप्त स्रोत नभएकाले तलबाटै पानी लैजानुपर्ने बाध्यता रहेछ ।

पानीको अभाव भएसँगै खानाको पैसा पनि बढी नै पर्‍यो । खुमाइडाँडामा एकजनाले एक छाक खाना र बिहानको ब्रेकफास्ट खाएको २५ सय रुपैयाँ लागेको थियो, हिलेमा खानाको सात सय रुपैयाँ रहेछ ।

Khumai-3-2

एकदिने ट्रेकका लागि खुमाइडाँडा पोखरानजिक रहेको अति उपयुक्त स्थान हो । माछापुच्छ्रेको अर्को नजर हेर्न पाए पनि, मनभरि सँगाल्न पाए पनि, जगेडा ब्याट्री नभएकाले धित मरुन्जेल फोटो खिच्न भने पाइएन । मैले खिच्न नपाए पनि तपाईंहरू खिच्नुहोला, अनि सोसल मिडियामा पोस्ट्याउनू, म पनि हेरौँला अनि फेरि हराउँला ।

111314Khumai-2-2Khumai-14Khumai-15Khumai-16Khumai-17Khumai-18Khumai-19

Khumai-20Khumai-21Khumai-22Khumai-23

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया