राँगो चोरी गर्ने मोहमद प्रहरी नियन्त्रणमा
शनिबार, ३० पुस २०७९, १३ : ११

झापा । झापा गाउँपालिका वडा नं. ४ का अमालो मियाँको गोठबाट २ राँगो चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
चोरीको अबर पाउनासाथ प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा खोजतलास गर्दै जाँदा नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट २२ वर्षीय मोहमद नजिरलाई नियन्त्रणमा लिएको छ ।
उनीसहित आजाहार महमद, ईजाहुल हक र गोदा (तत्काल नाम,थर नखुलेको)ले मिलेर राँगो चोरी गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन