इरानमा पूर्वमन्त्रीलाई मृत्युदण्ड

तेहरान । बेलायती–इरानी नागरिक अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ । अकबरीको परिवारलाई बुधबार ‘अन्तिम भेट’ का लागि कारागारमा जान भनिएको थियो । उनको पत्नीका अनुसार अकबरीलाई छुट्टै कोठामा राखिएको थियो । पूर्व इरानी सहायक रक्षामन्त्री समेत रहेका अकबरीलाई सन् २०१९ मा पक्राउ गरिएको थियो । उनीमाथि बेलायतका लागि जासुसी गरेको आरोप लगाइएको थियो । सो आरोपलाई अकबरीले निरन्तररुपमा अस्वीकार गर्दै आएका थिए ।
बेलायतले इरानलाई मृत्युदण्ड रोक्दै उनलाई तत्काल रिहा गर्न माग गरेको थियो । तर, अकबरीलाई झुन्डाएर मृत्युदण्ड दिइएको त्यहाँको न्यायालयको आधिकारिक पत्रिका मिजानले जानकारी दिएको छ । यद्यपि, उनको मृत्युदण्डको मिति भने खुलाइएको छैन । इरानले यसै हप्ता मात्र अकबरीले आफ्नो आरोप स्वीकार गरेको भिडियो सार्वजनिक गरेको थियो । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास