गण्डकीमा सभामुखको निर्वाचन आज, सत्ता गठबन्धनबाट धिताल र कांग्रेसबाट तिवारी भिड्दै

पोखरा । गण्डकी प्रदेश सभामा सभामुखको निर्वाचन शनिबार दिउँसो ३ बजे हुने भएको छ । प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप शनिबार निर्वाचन हुन लागेको हो । नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम निर्वाचन हुने प्रदेश सचिवाललय जनाएको हो ।
माओवादीबाट सभामुख र एमालेबाट उपसभामुख बनाउने पक्कापक्की सत्ता गठबन्धनले गरेको छ । सोही अनुरुप सत्ता गठबन्धनबाट सभामुखका लागि माओवादीका कृष्ण धिताल उम्मेदवार बन्ने निश्चित भएको हो । सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्रोतका अनुसार धिताललाई सभामुख बनाउन सत्ता गठबन्धनले शुक्रबार नै हस्ताक्षर संकलन गरिसकेको हो ।
यद्यपि धिताल मन्त्रीका आकांक्षी थिए । माओवादीका एक सांसदका अनुसार धितालले आफूले सभामुखभन्दा पनि मन्त्री पाउनुपर्छ भनेर केन्द्रीय नेतासँग लबिङ गरेपछि अन्तिम समयमा सभामुखमा सहमति जुटेको हो । धितालसँगै माओवादीमा सुशीला सिम्खडालाई सभामुखकी दाबेदारको रुपमा हेरिएको थियो । धितातलाई सभामुख बनाउन माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले जोड दिएका थिए । धिताल पार्टीको निर्णय नै अन्तिम बताउँदै आएका थिए । ‘मेरो व्यक्तिगत इच्छाभन्दा पनि पार्टीले निर्णय गर्छ । मेरो त्यहीमा सहमति हुन्छ,’ धितालले भने ।
सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी टुंग्याएको छ । कांग्रेसले स्याङ्जाबाट समानुपातिक सांसद सरस्वती अर्याल तिवारीलाई सभामुखको उम्मेदवार बनाएको पूर्वमन्त्री विन्दु थापाले बताए । सांसद समेत रहेका थापाले शनिबार बसेको कांग्रेस दलको बैठकले तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको सुनाए । ‘हाम्रो पार्टीबाट पनि उम्मेदवार उठाउँछौं । यसका लागि हाम्रो दलको नेताले अन्य दलसँग पनि लभिङ गर्नुभएको छ । जीत हार जे भएपनि कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ,’ सांसद थापाले भने ।
६० सदस्य प्रदेशसभामा काग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् । शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदको विश्वासको मत पाएका थिए । प्रदेशसभाले शनिबार सभामुखको निर्वाचन गराएर माघ २ गते उपसभामुखको निर्वाचन गर्ने तयारी थालेको हो । संविधानमा पनि उपसभामुख फरकफरक दलको प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था छ । स्रोतका अनुसार एमालेबाट उपसभामुखमा देवका पहारी र पद्मा जिसीले आकांक्षा देखाएका छन् ।
यस्तो छ निर्वाचन तालिका
१. बिहान ११ : ०० बजेदेखि दिनको १ ः ०० बजेसम्म सभामुखका लागि प्रस्ताव दर्ताको सूचना गर्ने ।
२.मध्यान्ह १ : ३० बजे सूची प्रकाशन गर्ने ।
३. दिउँसो ३ : ०० बजे प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निणयार्थ प्रस्तुत गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसिद्धको शानदार बलिङबिच दिल्लीद्वारा २ सय ४ रनको लक्ष्य प्रस्तुत
-
ट्रम्पलाई अदालतको झट्का : दुई भेनेजुएली नागिरकको देश निकालामा अस्थायी रोक
-
संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल
-
आउने भए ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस, एलओडीमा पनि सहभागी हुने
-
राप्रपाका ७ नेतालाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले गरे ‘लन्च मिटिङ’
-
सत्यभामा माथेमाका तीन कविता