भारततर्फ लाँदै गरेको मदिरासहित बोलेरो बरामद
![भारततर्फ लाँदै गरेको मदिरासहित बोलेरो बरामद](https://npcdn.ratopati.com/media/news/baramad_T3I2ChpNkS.jpg)
रौतहट । प्रहरीको गस्ती टोलीले सीमा क्षेत्रबाट ठुलो परिमाणमा मदिरासहित बोलेरो गाडी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बेलविछुवाको संयुक्त गस्ती टोलीले राजदेवी नगरपालिका–८ दशगजा नजिक मदिरा बोकेको बीआर ०६ पी ६७८० नम्बरको जिप बरामद गरेको हो ।
गाडीमा रक्सी लोड गरी नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नसाथ बोलेरो जिप गाडी बेवारिसे अवस्थामा छाडी चालक फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् । बरामद गाडी ,१२२ कार्टुन सौफी रक्सीलाई आवश्यक कारबाहीको लागी शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारत बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा मदिरा उत्पादन तथा बिक्री वितरण माथि प्रतिबन्ध गरेपछि सीमावर्ती क्षेत्र बाट मदिराको तस्करी हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म