‘संवेदनाका स्वरहरू’को रजत जयन्ती
काठमाडौँ । ‘संवेदनाका स्वरहरू’ निबन्धकृतिले रजत जयन्ती मनाएको छ । नेपाली साहित्यमा चिरपरिचित चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित ‘संवेदनाका स्वरहरू’ निबन्ध सङ्ग्रह प्रकाशनको २५ वर्षको अवसरमा शङ्कर लामिछाने प्रतिष्ठान, थाहा पुस्तकालय, मीनभवनमा समीक्षात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।
सो अवसरमा ‘संवेदनाका स्वरहरू’ निबन्ध सङ्ग्रहका भूमिका लेखक प्रा.डा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार केके कर्माचार्यलगायतले सो कृतिको प्रकाशनको सन्दर्भबारेमा प्रकाश पारेका थिए । समीक्षकद्वय डा. ज्ञानु पाण्डे र महेश पौडेलले नेपाली निबन्ध लेखनमा आएका उतारचढावका विविध पक्षमा चर्चा गरेका थिए ।
सो कृतिका चार निबन्धकारले आआफ्नो मन्तव्यका क्रममा बितेका २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा आएको उचाइका बारेमा परिचर्चा गरेका थिए ।
शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरूका तर्फबाट आभार पत्रसहित अभिनन्दन गरिएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट