गजल
कति खुसी छन् होलान् खै धोखा धर्नेहरु
शनिबार, ३० पुस २०७९, ०६ : ५३

कति खुसी छन् होलान् खै धोखा धर्नेहरु
मेरो आँसु भरिरहेछन् नदीमा जल भर्नेहरु
तस्विर हेर्दैछन् तस्विरले के प्रगति गर्छ र यहाँ
खुसी छैनन् प्रगतिमा डाहा गर्ने, आँखा तर्नेहरु
पासो लागेर मर्नेहरुसँग मेरो कुनै गुनासो छैन
अन्याय त्यहाँ भो कठै अरुको पासोमा पर्नेहरु
उपियाँ मार्न लगाएको बिषले पाठो मर्यो भर्खर
सानिमाँले भाग फेर्दिइन् छक्क परे बीस छर्नेहरु
बत्तिको उज्यालोमा पुतली किन जल्छ सोधें मैले
तत्काल पछि सरे सधैँ नजिक नजिक सर्नेहरु
एकै पटक छलाङ मार्दा कसैलाई सफलता मिल्दैन
हारलाई प्यारो मान्छन् पहिले संसार विजय गर्नेहरु ।
दिरुमनपा–१६, खोटाङ्ग, विजयखर्क
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक