नेविसंघ र तरुण दललाई पूर्णता दिने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दललाई पूर्णता दिने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेसँगै कांग्रेसले विद्यार्थी संस्था नेविसंघ र तरुण दललाई पूर्णता दिन लागेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग छलफल गरेर चाँडो कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका हुन् । नेविसंघका अध्यक्ष शेर्पाले नेविसंघ र तरुण दललाई एक हप्ताभित्र पूर्णता दिनेबारे सभापति देउवासँग छलफल भएको जानकारी दिए । कांग्रेसले विसं २०७८ चैतमा नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलको अध्यक्षमा गुरुङलाई जिम्मेवारी दिए पनि त्यसपछि भने कार्यसमिति विस्तार हुन सकेको छैन ।
कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन । कांग्रेसले केही भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोकेको भए पनि अधिकाशं भ्रातृ संस्था नेतृत्वविहीन बन्न पुगेका छन् । कांग्रेसले अध्यक्षको जिम्मेवारी दिएका भ्रातृ संस्थाको निर्वाचन छ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए पनि कुनै पनि भ्रातृ संस्थाले समयमा महाधिवेशन गर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त