थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा

काठमाडौ. । थारू समुदायका लागि विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तित्वलाई थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा गरिएको छ ।
पहिलो पटक दिन थालिएको यी दुबै पुरस्कार पाउनेहरुको नाम एक कार्यक्रमको आयोजना गरी शुक्रबार सार्वजनिक गरिएको छ ।
यस क्रममा चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् । भाषा साहित्यतर्फ थारू संस्कृतिविद् महेश चौधरी तथा स्वास्थ्य विधातर्फ भेरी अस्पतालका डा राजन पाण्डे रहेका छन् । चौधरी थारु भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक प्रधान सम्पादक हुन् भने डा पाण्डेले खास गरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिचान गरेका थिए ।
त्यस्तै, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरी, दुहवीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको छ । भुलाई चौधरीको विभिन्न पुस्तक प्रकाशित छन् । फरवार्ड माइक्रो फाइनान्स एमाले सांसद भगवती चौधरीको हो ।
रातोपाटीकर्मी सर्वहारीलाई थारू गौरव पुरस्कार
त्यस्तै, थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित हुने भएका छन् । जसअन्तर्गत पत्रकारिता विधामा रातोपाटीकर्मी डा कृष्णराज सर्वहारी रहेका छन् । थारु समुदायकेन्द्रित लेख तथा पुस्तक लेखनमा संग्लग्न उनी अढाई दशकदेखि पत्रकारितामा छन् ।
त्यस्ते, खेल विधामा एथ्लेटिक्सकी जयरानी चौधरी, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, रुपन्देही, सामाजिक अभियन्ता पूर्वकमलरी उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी रहेका छन् ।
छनौट भएकाहरूलाई विशेष समारोहमा पुरस्कार, सम्मान प्रदान गरिने आयोगका सदस्य भोला चौधरीले जानकारी दिए । थारू आयोगले आफ्नो चौथो वार्षिकोत्सवमा यी पुरस्कार प्रदान गर्ने तयारी गरेकोमा प्राविधिक कारणवश बल्ल घोषणा गर्न सकिएको आयोगका सदस्य चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?
-
त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने
-
३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै
-
प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशन : देशभरबाट एक हजार प्रतिनिधि सहभागी हुँदै
-
बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी सुरु
-
नेपालमा थ्रिजी बन्द गर्ने एनसेलको घोषणा