सहिद स्मारक 'ए' डिभिजन लिग फागुन १९ गतेबाट हुने
शुक्रबार, २९ पुस २०७९, २० : ०४

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट र 'बी' डिभिजन लिग आगामी चैत्र १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले 'ए' डिभिजन लिग २०७९ आयोजना गर्न अध्यक्ष पंकज विक्रम नेम्बाङको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू र सदस्यहरू सदस्य रहनेगरी लिग सञ्चालन समिति गठन गरेको छ ।
यस्तै बैठकले फुटबलका महान् खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ। अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यही फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार