चितवनमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु
शुक्रबार, २९ पुस २०७९, १९ : ३५

चितवन । चितवनको रत्ननगरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो ।
मोटरसाइकल पछाडि सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय विश्वास महत्तो गम्भीर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएको चितवन प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो १२:२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख. ५३०१ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो ।
दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु