उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छु : अर्थमन्त्री पौडेल
शुक्रबार, २९ पुस २०७९, १८ : ३३

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरूलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन् ।
उनले सरकारले व्यवसायीहरूको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले उद्योगी व्यवसायीहरूले उठाएका उचित मागलाई सकारात्मक रूपमा लिएको पनि बताए ।
मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए । उनले व्यवसायीहरूको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिबद्धता महासंघलाई जनाए ।