एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन÷थप गर्ने प्रस्ताव पनि पारित गरेको छ । सो सभाले कात्तिक २ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्पmबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।
बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदातालाई मतदानका लागि आयोगले दियो यी विकल्प
-
उद्योग सञ्चालनको उपयुक्त वातावरण बनाउन जरुरी छः मुख्यमन्त्री लामा
-
नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
-
उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
-
महाराष्ट्रमा ईभीएम ह्याक भएर हामीले हारेका हौँ : कंग्रेस नेता
-
आजपाले बोलायो स्थायी कमिटी बैठक