बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेसले विश्वासको मत दिएर सरकारलाई काम गर्न नदिने मनसाय राख्यो : सांसद श्रेष्ठ

शुक्रबार, २९ पुस २०७९, १५ : ५६
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनसाय राखेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले कांग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति आशंका व्यक्त गरेका हुन् । 

उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले सरकारलाई मत दिएर लोकतन्त्रको उपहास गरेको बताए । उनले सरकारलाई राम्ररी काम गर्न नदिएर कुत्सित मनसायका साथ नेपाली कांग्रेसले जाल फिँजाएको पनि बताए ।

सांसद श्रेष्ठले काँग्रेसले प्रतिपक्षी बेन्चमा बसेर पनि आफ्नो भूमिका निर्वाह गर्नसक्ने भएपनि त्यसो नगरेकोमा संशय व्यक्त गरे ।  उनले सरकारलाई अस्थिर बनाउने बारे नसोच्न कांग्रेसलाई आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडि बढ्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप