पहिलो काम समाजवादी कार्यक्रम तय गर्ने हुन्छ : भुसाल
![पहिलो काम समाजवादी कार्यक्रम तय गर्ने हुन्छ : भुसाल](https://npcdn.ratopati.com/media/news/ghanashyam-bhusal3_88H7NVbFcQ.jpg)
काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका वामपन्थी वैचारिक नेता घनश्याम भुसालले अव आफ्नो पहिलो काम समाजवादको कार्यक्रम तय गर्ने बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवेशको स्वघोषणा गरेका भुसालले अबको १० या १५ वर्षमा समाजवादको कार्यक्रम तय गर्ने बताए । ‘अव १० देखि १५ वर्षमा नेपालको समाजवादी क्रान्तिको कार्यक्रम के हुन्छ भन्ने हामी ठोस कार्यक्रम तयार गर्छौं र अबको संगठनमा युवा पुस्तालाई पनि अवसर दिनेछौं’, भुसालले भने, ‘यस्तो लोकतान्त्रिक संगठन बनाउँछौं त्यहाँ कसैको विशेषाधिकार रहने छैन । हरेक कमिटी चुनिने, हरेक निर्णय बैठकले गर्ने । कसैले पार्टीमा गल्ती गर्छ भने त्यसलाई समेत कारबाही हुन्छ ।’
‘अव म समेत सहभागी भएको नेकपा समाजवादीले राज्य र पार्टी कब्जा गरेर राज्यलाई निजी अहम् प्रदर्शनको खेलौना बनाउने ती कुनैपनि अहंकारलाई निशन्देह असफल पारिनेछ’, भुसालले यसरी पार्टी निर्माण गर्ने दाबी गरे । उनले आजै नेकपा एकीकृत समाजवादीमा गएर निवेदन चढाउने र सदस्यता नवीकरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस्टर नेवाः’ आयोजना हुने
-
एमाले बैठकमा सुनाइयो लभ स्टोरी, मन्त्री फिर्ता नबोलाउनुको यस्तो छ कारण
-
विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री
-
नेप्से सूचकमा सामान्य वृद्धि, कारोबार ५ अर्ब नाघ्यो
-
‘हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ’
-
पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व