मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

रेेशम चौधरीलाई तत्काल रिहा गरियोस् : जितेन्दनारायण देव

शुक्रबार, २९ पुस २०७९, १४ : ४२
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई तत्काल रिहाई गर्न सरकारलाई दवाव दिएका छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे । उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टिकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘यो मुलुकमा धेरै ठूल्ठूला आन्दोलनहरु भए । ठूल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली काँग्रेसले ग¥यो, कहिले माओवादीले ग¥यो । यो देशमा मधेश आन्दोलन भयो । यो देशमा थारु आन्दोलन भयो । यो देशमा पहिचानका आन्दोलनहरु भए । यो देशमा समानताका आन्दोलनहरु भए । हरेक आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । स्वतस्फूर्त आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । तर हरेक बेलामा यहाँ न्याय भएको छ । राजनीतिक आन्दोलनलाई अपराधिक आन्दोलन भनिएन । त्यसकारण थारुहरुले गरेको आन्दोलन कैलालीमा भएको आन्दोलन थारुहरुले गरेको आन्दोलन राजनीतिक आन्दोलन थियो । अन्याय भएको छ–रेशम चौंधरीमाथि । अन्याय भएको छ थारुहरुमाथि । त्यसलाई करेक्शन गर्नु पर्दछ भनेर म माग गर्न चाहन्छु ।’

सांसद देवले संविधानको रक्षा गर्नका लागि काँग्रेसले सरकारलाई विश्वासको मत दिनु परेको स्पष्टीकरण समेत दिए । उनले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिन सक्ने अडान समेत राखे  । 

 सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढन सुझाव दिए । सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशंका पालेर अघि बढ्न नहुने धारणा समेत राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप